काठमाडौं । हुन त एउटा भनाई छ- मानिस जातिमा यति धेरै विकृति आएको छ, जता हेर्यो उतै बेइमानी, भ्रष्टाचार, विसंगति विकृति छ। यदि मानिस कुकुरजस्तो मात्र पनि बन्न सक्यो भने यो संसार कस्तो सुन्दर हुन्थ्यो होला !
संसारमा अनौठा-अनौठा घटनाहरू घटिरहेका हुन्छन्। कतिपय यस्ता घटना हुन्छन्, जुन सुन्दा पनि पत्याउनै गाह्रो लागेर आउँछ। तर पत्याउन जतिसुकै गाह्रो लागे पनि जापानमा घटेको यस्तै एउटा घटनाले सबैलाई चकित पारेको छ।
हामीले महिला पुरुष र पुरुष महिला बनेको घटना हामीले सुन्दै र देख्दै आएका छौं। तर जापानमा टोको नामका एक मानिस अहिले कुकुर बनेका छन् । मानिसबाट कुकुर बनेका टोकोले पनि सामाजिक सञ्जालमा केही तस्बिर सेयर गरेका छन् । जसको धेरै चर्चा भइरहेको छ ।
वास्तवमा, जापानमा बस्ने यी व्यक्तिको बाल्यकालदेखि नै कुकुरको जीवन जिउने सपना थियो । जापानको एक व्यावसायिक एजेन्सी जेप्पेट वर्कशप कम्पनीले टोकोलाई कूली, कुकुरको नस्लमा परिणत गरेको छ।
यी व्यक्तिलाई कुकुर बन्न यति धेरै मन लाग्यो कि त्यसका लागि २० लाख युआन (लगभग २० लाख रूपैयाँ) खर्च गरे । यति धेरै पैसा लिएर ती व्यक्तिले यस्तो पोशाक बनाए, जसमा उनी ठ्याक्कै कुकुरजस्तै देखिन्छन् । यो पोशाकमा उनलाई चिन्न धेरै गाह्रो छ। उक्त पोशाक बनाउन करिब ४० दिन लाग्यो। मानिस र कुकुरमा धेरै भिन्नता भएकाले यो पोशाक बनाउन निकै मेहनत गरेको कम्पनीले जनाएको छ । टोको यो पोशाक लगाएपछि कुकुरजस्तै देखिन्छन्।
जापानी सञ्चारमाध्यमले उनलाई कुली प्रजातिकै कुकुर बन्न किन रोजेको भनेर सोधेको प्रश्नमा ‘कुली मेरो मनपर्ने कुकुर र सबैभन्दा प्यारो कुकुर हो । लामो कपाल भएका कुकुरहरूले मानव आकार लुकाउन सक्छन्, त्यसैले मैले कुली रोजें।’ उनले भने।
साक्षात्कारकर्ताले सोधे, के तपाई आफ्नो हात र खुट्टा राम्ररी चलाउन सक्नुहुन्छ? टोकोले भने- ‘केही बाधाहरू छन्, तर हात खुट्टा सार्न सक्छु, यद्यपि यदि तपाईंले आफ्नो हात र खुट्टा धेरै हलाउनुभयो भने, यो
कुकुर जस्तो देखिँदैन।’