Monday, February 17, 2025
Homeदेश र प्रदेशइम्बोस्ड नम्बर प्लेट अनि कारवाहीको डर

इम्बोस्ड नम्बर प्लेट अनि कारवाहीको डर

सरकारले साउन १ गते भित्र इम्बोस्ड नम्बेर नराखे कारवाही गर्ने चेतावनी दिएसंगै आफ्नो सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न जानेहरुको भीड गुर्जुधारा यातायात कार्यालयमा बढ्न थालेको छ।  

 

यातायात व्यवस्था विभागले चरणबद्ध रूपमा इम्बोस्ड नम्बर प्लेट जडान आदेश दिएसंगै सवारी साधन धनीहरूहो भीड बढ्न थालेको हो।  विभागले पछिल्लोपटक सूचना सच्याउँदै साउन १ गतेसम्म बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन दिएको छ। जडान नभए साउन १ गतेपछि सडक अनुगमन गरी कारबाही गर्ने जनाएको छ। 

 

अनलाइन आवेदन भरेर, आवश्यक कागजपत्र र फारम भरी दस्तुर तिरेपछि इम्बोस्ड नम्बर प्लेट जडान गर्न पाइने व्यवस्था छ भए  पनि सेवा अझै व्यवस्थित हुन् सकेको छैन।  

 

‘सरकारले एकाएक उर्दी जारी गरेर नयाँ प्रणाली सुरू गर्ने भन्यो तर ४० लाख बढी दुईपांग्रे सवारीलाई यति छोटो समयमा सेवा दिनु सम्भव छैन,’  सानेपाका गोली बिष्ट भन्छन।   

 

यातायात विभागका  महानिर्देशक नमराज घिमिरेका अनुसार सबैलाई कारबाही हुँदैन। नयाँ सवारी दर्ता भएर पनि इम्बोस्ड नम्बर प्लेट जडान नगरी चलेको अवस्थामा भेटिएमा मात्र कारबाही हुन्छ।

 

महँगो शुल्क 

 

साधारण नम्बर प्लेटको तुलनामा इम्बोस्ड प्लेट पाँच गुणा बढी महँगो छ।  साधारण नम्बर प्लेट पाँचदेखि छ सय रूपैयाँसम्म पर्छ। विभागका अनुसार ठूला सवारीमा इम्बोस्ड प्लेट जडान गर्न तीन हजार छ सय शुल्क तिर्नुपर्छ। मझौला तथा साना चारपांग्रे (जिप, भ्यान, माइक्रो, मिनिबस) जस्तामा दुई हजार नौ सय रूपैयाँ लाग्छ। दुईपांग्रेका लागि दुई हजार पाँच सय रूपैयाँ तिर्नुपर्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका