अनुवाद भिन्न भाषा साहित्यमा रहेको ज्ञान आर्जनको सबभन्दा सजिलो माध्यम हो । अनुवादलाई धेरैले छायानुवादका रूपमा लिएका भए पनि अनुवाद पुरानो सिर्जनाको नयाँ भाषामा फोटोकपी नभई पुन सिर्जन हो । साहित्यको अनुवाद साहित्यकारले मात्र गर्न सक्छ । इटरनेटका माध्यमबाट विश्वका सूचना छिनभरमै हाम्रा सामु आइपुगे पनि वास्तविक ज्ञानसम्बन्धित भाषाका सामग्री पठनको पहुँच वा अनुवादविना पाउन सकिँदैन । नेपाली सन्दर्भमा विदेशी भाषामा प्रकाशित पुस्तकका पाठक बढ्दै गइरहेका छन् तर, नेपाली भाषामा लेखिएका पुस्तकका विदेशी पाठक भने ज्यादै कम छन् । यसको प्रमुख कारण नेपाली पुस्तक अंग्रेजी र अन्य भाषामा खासै अनुवाद नहुनु नै देखिन्छ । यस साता अनुवाद दिवसको शुभकामना आदानप्रदान गरेको पनि देखियो तर यो प्रक्रिया ज्यादै सीमित व्यक्तिहरूमा सीमित रह्यो । नेपाली भाषामा लेखिएर अन्य भाषामा अनुवाद भएका पुस्तक जे जति हुनुपथ्र्यो त्यो ज्यादै सीमित भएको छ । यस सन्दर्भमा नेपाली भाषा साहित्यका स्रष्टा द्रष्टा एवम् अनुवादक हरिहर खनालसँग गरिएको कुराकानीलाई साहित्यसागरको अन्तर्वार्ता सामग्रीका रूपमा प्रस्तुत गरिएको छ ।
हरिहर खनाल स्रष्टा, द्रष्टा एवम् अनुवादक हुन् । उनको परिचय साहित्यसागरको अघिल्लो शृङ्खलामा समेटिसकिएको छ । हान्स क्रिस्चियन एन्डरसनको कथा Emperor’s New clothes को समाप्तिपछि त्यही पोयालाई समातेर चिनियाँ लेखक येह सेङ ताओले लेखेको कथा Emperor’s New clothes लाई बादशाहको नयाँ पोशाक शीर्षकमा २०३५ सालमा अनुवाद गरेर त्यही वर्ष वेदना साहित्यिक पत्रिकामा प्रकाशित गरेर अनुवाद कर्ममा लागेका उनले सुप्रसिद्ध रुसी साहित्यकार म्याक्सिम गोर्कीको जर्मन भाषामा गेर्हाल्ड ह्याबरमनद्वारा लिखित र पछि अङ्ग्रेजी भाषामा अनुदित जीवनीलाई अङ्ग्रेजी भाषाबाट नेपालीमा अनुवाद गरी २०३७ सालमा म्याक्सिम गोर्कीको जीवनी शीर्षकमा प्रकाशन गरे । यो कृति हालसम्म विभिन्न प्रकाशनहरूबाट सातौँ संस्करण : (२०७४ माघ) सम्म प्रकाशित भइसकेको छ । २०६८ सालमा उनले सुप्रसिद्ध रुसी सौन्दर्यशास्त्री अभ्नेर जिसको कृति Foundations of Marxist Aesthetics लाई माक्र्सबादी सौन्दर्यशास्त्रका आधारहरू शीर्षकमा अनुवाद गरे । नेपाल प्रज्ञा प्रतिष्ठानको परियोजना अन्तर्गत अनुवाद गरिएको उक्त कृतिलाई सोही प्रतिष्ठानले २०७२ सालमा प्रकाशन गर्यो । उनले २०७२ सालमा नै सुप्रशिद्ध फ्रान्सेली उपन्यासकार अल्बेयर कामुको सन १९५७ को नोबेल पुरस्कार विजेता कृति The Outsider लाई अङ्ग्रेजी भाषाबाट नेपालीमा आगन्तुक शीर्षकमा अनुवाद गरे जुन कृतिलाई त्यही वर्ष भुँडीपुराण प्रकाशनले प्रकाशित गर्यो । यस अतिरिक्त २०७२ मा नै उनले चिनियाँ राष्ट्रपति सि चिन फिङका भाषणहरूको सङ्ग्रह The Chinese Governance को पहिलो खण्डका केही अध्यायहरूको अनुवाद तथा सम्पादन (२०७२) गरेका छन् । साथै उनले २०७५ मा पाकिस्तानी महिला लेखन (पाकिस्तानी महिलाहरूद्वारा लिखित छानिएका कथाहरूको अरू केही अनुवादकहरूसमेतको सहभागितामा अनुवाद गरेका छन् जुन कृतिलाई नेपाल प्रज्ञा प्रतिष्ठानले सोही वर्ष प्रकाशित पनि गरिसकेको छ । २०७५ मा नै उनले चिनियाँ राष्ट्रपति सि चिन फिङका भाषणहरूको सङ्ग्रह The Chinese Governance को दोस्रो खण्डको आधाजसो भागको अनुवाद गरेका छन् जुन प्रकाशोन्मुख छ । उनले फुटकर रूपमा पनि साहित्यिक तथा गैह्रसाहित्यिक कैयन् लेख रचनाहरूको अनुवाद गरेका छन् । हरिहर खनालको त्यही अनुवादक व्यक्तित्वलाई यहाँ विशेषज्ञका रूपमा लिई अनुवाद विमर्श गरिएको छ ।
वार्ताकार-रमेश शुभेच्छु
रमेश शुभेच्छु युवापुस्ताका स्रष्टा द्रष्टा एवम् साहित्यिक पत्रकार हुन् । उनले लिएका अन्तर्वार्ताहरू निकै गहन हुन्छन् । उनको परिचय साहित्यसागरको अघिल्लो शृङ्खलामा समेटिसकिएको छ । यहाँ उनले हरिहर खनालसँग लिएको अन्तर्वार्तालाई समेटिएको छ ।
नमस्कार ।
हुन्छ । तर यहाँलाई सुरुमा नै म के कुरा जानकारी गराउँछु भने म अनुवाद साहित्यको कुनै सैद्धान्तिक पण्डित चाहिँ होइन । तथापि म यहाँसित वार्तामा सामेल हुने छु र मेरो अनुभवका आधारमा जे जसरी सक्छु यहाँका जिज्ञासाहरूलाई समाधान गर्ने प्रयत्न गर्ने छु ।
अनुदित कृतिको सहज उपलव्धताको अभावमा मैले यसको अङ्ग्रेजी संस्करण हेर्ने अवसर पाएको छैन । तसर्थ म यस विषयमा बोल्न सक्तिनँ । नेपाली संस्करणचाहिँ गम्भीर रूपमा पढेको छु ।
कवि तुलसी दिवसद्वारा सम्पादित Seven Poets ग्रन्थमा मुनामदनको अनुदित रूप समेत सङ्ग्रहित छ । माइकल हटले पनि यस ग्रन्थको अनुवाद गरेका छन् । अहिलेसम्म यस कृतिका नौओटा अनुदित रूप आएको मैले थाहा पाएको छु । सबैभन्दा आधिकारिक अनुवाद चाहिँ दुई वर्ष अगाडि मात्र प्रकाशनमा आएको पद्म देवकोटाले गरेको अनुवाद हो जसलाई अनुवादकले मूल सिर्जनाको जस्ताको तस्तै अनुवाद गरेको पाइन्छ ।
त्यो मैले हेरेको छैन ।
इन्द्रबहादुर राईको उपन्यास आज रमिता छ क्लिष्ट शैलीको एउटा निरस उपन्यास हो, ठेट्ना मकै चपाएजस्तो । त्यसलाई मैले करैसान्ती, बढो बल गरेर सकेको थिएँ । त्यो भन्दा सजिलो बरू त्यसको अंग्रेजी रूप हुँदो हो । मञ्जुश्री थापा आफैँ अङ्ग्रेजीमा सिर्जना गर्ने राम्रो आख्यानकार हुन्, तसर्थ त्यो अनुवाद राम्रै होला भन्ने लागेको छ मलाई । त्यसको प्रकाशनपछि पुस्तक बजारमा देखेर पनि मैले त्यो त्यति बेला किनिन । वातावरण सहज भएपछि म त्यो किन्छु र एक पटक हेरेर मात्र यहाँसित पुनः त्यस विषयमा कुरा गरौँला ।
सेतो बाघ आफैँमा एक एैतिहासिक उपन्यास भएको हुनाले यो कृति विविध विदेशी भाषामा अनुवाद हुँदा ती अनुदित रूपहरूका माध्यमबाट ती देशका शिक्षित जनले तत्कालीन नेपालको एैतिहासिक, सामाजिक, प्रशासनिक आदि विषयमा धेरथोर ज्ञान हासिल गर्न सक्ने छन् भन्ने म ठान्दछु ।
यस विषयलाई यसरी बुझ्नु राम्रो होला । अनुवादकले भरसक मूल लेखकको मर्ममा कतै चोट नपुगोस् भन्ने कुरामा विशेष विचार गर्नुपर्छ । रचना गरिएको पृष्ठभूमि, समय, परिवेश अर्थात् प्रचलित भाषामा जसलाई देश, काल, परिस्थिति, पात्र, रूप र सारलाई नबिगारिकन जस्ताको त्यस्तै देखाउन प्रयत्न गर्ने हो अनुवादकले । नयाँ भन्दा पनि मूल लेखकले निर्माण गरेको परिस्थितिलाई जीवन्तता प्रदान गर्ने हो ।
अनुवाद गराउने व्यक्तिका आफ्नै स्वार्थ हुन्छन् । चिन्तनमा उचाई हासिल गरिसकेका अनुवाद गराउने मानिसहरूका विचारहरू त्यस प्रकारको घेरामा हुँदैनन् । तिनका सोचाइ खुला आकाशजस्तै हुन्छन् तर केही मानिसहरू भने अनुवादकहरूलाई काम गर्ने ‘खेताला’ र आफूलाई ‘साहुजी’ ठान्दछन् । तिनीहरूको चिन्तनमा रहेको त्यही कमजोरीका कारण त्यस्तो देखिन गएको होला ।
कुनै पनि योजनाको क्रमिक विकास र दिगोपनका लागि व्यक्तिगत भन्दा पनि संस्थागत रूपमा योजना र कार्यक्रमले आकार लिनुपर्ने हुन्छ । त्यसका लागि चाहिने पूर्वाधार सँगसँगै आउने कुरा हुन् । ती चिजका अभावमा देवकोटाको योजनाले कार्यान्वयन हुने अवसर नपाएको हुनाले नै त्यस्तो भएको हुनसक्छ भन्ने अनुमान गर्न सकिन्छ ।
शिरीषको फूलको अनुवादका विषयमा मैले सुरुमा पनि अलिकति उल्लेख गरिसकेको छु । सुवेदीको टिप्पणीप्रति मेरो कुनै टिप्पणी छैन । कुनै पनि कृतिको संस्थागत र आधिकारिक अनुवाद गराउन सकियो भने त्यसले परिमार्जनको अवसर पनि पाउँछ र त्यो बाहिर आउँदा परिस्कृत रूपमा आउँछ । तर हामीकहाँ त्यस्तो काम निकै कम मात्रामा भएको पाइन्छ । केही सरकारी र केही गैह्रसरकारी संस्थाहरूले तिनका निश्चित डकुमेन्टलाई उनीहरूको पहुँचका आधारमा अनुवादककहाँ पुर्याउँछन् । त्यहाँ पनि पूर्ण रूपमा परिमार्जनको संभावना न्युन देख्छु म । फेरि, तिनीहरूले उचित पारिश्रमिक पनि दिँदैनन् । व्यक्तिगत रूपमा गरिएका अनुवादमा व्यक्तिको रुचिका आधारमा गरिने कुरा हो । त्यस्तोमा एउटै कृतिको अनेक अनुवाद पनि हुनसक्छ, तर एकजना अनुवादकले अर्को अनुवाद हेर्ने अवसर नपाएको पनि हुनसक्छ र त्यसको तुलनात्मक अध्ययनको काम नहुन सक्छ । मैले कामुको त्जभ इगतकष्मभच लाई अङ्ग्रेजी भाषाबाट नेपाली भाषामा अनुवाद गरेँ, त्यही कृतिलाई डिल्लिराज उप्रेतीले फ्रेन्च भाषाबाट नेपालीमा उल्था गरेको मैले पछिमात्र सुनेँ । उहाँको त्यो अनुवाद चाहिँ मैले अहिलेसम्म हेर्न पाएको छैन । एउटै कृतिका विविध अनुवादहरूको मूल्याङ्कन त विषयविज्ञहरूले मात्र गर्न सक्ने कुरा हो । त्यसैको आधारमा प्रभावको कुरा निरूपण गर्न सकिन्छ ।
त्यो हुनसक्छ । तसर्थ, अनुवादसम्बन्धी हरेक प्रकारका समस्याहरू, अनिश्चितता र दुविधाहरूलाई हटाउन राज्यस्तरमा एउटा आधिकारिक नेपाल अनुवाद प्रज्ञा प्रतिष्ठान [Nepal Translation Academy] हुनु आवश्यक भइसकेको छ अब । यस्तो प्रकारको प्रष्ठिानले गर्ने कामको फेहरिस्त चाहियो भने उचित समयमा योजना पेश गरुँला ।
त्यो सिर्जनकार्यमा लागेका मानिसहरूको उत्सुकता र जागरुकताको एउटा उदाहरण हो लेखक–कविहरू केही नयाँ गरुँ भन्ने उत्सुकता बोकेर बाँचेका छन् । यसलाई म रामै्र चिन्तनधारा मान्छु । तर गुगल अनुवादका पछि लाग्नु राम्रो काम होइन । त्यो मसिनले गरेको काम भयो । मसिनमा संवेदनाविहीन औजारले काम गर्छ । अनुवादमा त्यतिले मात्र काम चल्दैन । अनुवाद भन्ने वित्तिकै त्यहाँ सिर्जना जोडिएको हुन्छ । अनुवाद शब्दको रूपान्तरण मात्र होइन । अनुवाद पुनःसिर्जना हो । असल अनुवादले मात्र कविको असल भावलाई अभिव्यक्त गर्नसक्छ । डब्लु.बि. यिट्सले गीताञ्जलीलाई जुन स्तरमा अनुवाद गरिदिए त्यो कृति त्यसरी नै अनुवाद नभएको भए रविन्द्रनाथ टैगोरले नोबेल पुरस्कार पाउने र उनको ख्याति संसारभर फैलने कुरा निकै परको विषय हुन जान्थ्यो होला भन्ने ठान्दछु म । तसर्थ अनुवाद र अनुवादकको निकै ठूलो महत्व छ भन्ने मलाई लाग्छ ।
त्यो त निश्च नै हो नि । राम्रो नभैकन त त्यसलाई अर्को भाषामा लानुको औचित्य पनि स्थापित हुँदैन ।
हो पनि, र होइन पनि । सिर्जना र अनुवाद उस्तै हुन्, अनुवादकमा सिर्जन क्षमता छैन भने उसले सर्जकको भावना बुझ्न सक्तैन र अनुवाद जीवन्त हुँदैन । तसर्थ अनुवादकसित सिर्जनक्षमता हुनु नितान्त आवश्यक छ । जहाँसम्म आफ्ना रचना आफैँले अनुवाद गर्ने भन्ने कुरा छ त्यसमा समयले साथ दियो भने हुन्छ । तर व्यस्तताका कारणले त्यो नदिन पनि सक्छ । मेरो कुरा भने अलिकति फरक छ । मैले आफ्ना केही सिर्जनालाई आफैँले पनि अनुवाद गरेको छु, तर मेरा अधिकांश कथाहरू अरूहरूद्वारा अनुवाद गरिएका छन् । त्यो काम मेरो आफ्नै योजना अन्तर्गत भएको थियो । म जुन क्याम्पसमा अध्यापन गराउँथेँ त्यहाँ कतिपय मेरै विद्यार्थीलाई उनीहरूको पढाई पूरा भएपछि मैले अध्यापकका रूपमा नियुक्त गरेको थिएँ । फुर्सदको समयमा उनीहरूको दक्षता अनुवादकार्यमा समेत विकास होओस् भन्ने हेतुले मैले उनीहरूलाई तालिम दिने हेतुले काममा लगाएको थिएँ । त्यसको प्रतिफल राम्रै भयो ।
छैन ।
पहुँच वा ख्यातिका लागि पनि सिक्वेन्स मिल्नुपर्छ होला । नारायण वाग्ले सामान्य पत्रकार मात्र नभएर कान्तिपुर जस्तो ख्यातिप्राप्त ब्रोडसिटका प्रधान संपादक नै भएको हुनाले उनको सामाजिक स्ट्याटस त्यति बेला पनि माथिल्लो तहमा नै थियो र प्रचार प्रसारको लागिसमेत उनी अनुकुल परिस्थितिमा थिए । उनको त्यो कृतिले मदन पुरस्कार नै पाइसकेपछि त उनको ख्याति झन् फैलियो । त्यसले स्वाभाविक रूपमा उनको पहुँच पनि बढ्न गयो । त्यसैका आधारमा त्यो कृतिलाई विविध भाषामा अनुवाद गर्ने अनुकूल वातावरणको निर्माण भयो । फेरि, पल्पसा क्याफे कृतिका हैसियतमा पनि राम्रो छ । नयाँ फ्लेभरमा आएको हुनाले त्यसले पाठकको मन तान्यो र त्यो पाठकको रोजाइमा पर्न गयो । मलाई के लाग्छ भने पहुँच वा ख्यातिको पनि केही भूमिका होला, तर त्यति मात्र होइन । मुख्य कुरो र कृति नै राम्रो हुनुपर्छ । त्यसो भएमा त्यसको लोकप्रियताको पारो स्वाभाविक रूपमा उकालो लाग्छ ।
अनुदित कृतिहरूको चुरो कुरो त्यही त हो नि । स्रोत भाषाका संस्कृति, सामाजिक संस्कार, रीतिथिति, चालचलन, लवाइ–खवाई अनेक कुराहरूको ज्ञान मूलकृतिले जसरी नै अनुदित कृतिले दिनुपर्ने अपेक्षा हुन्छ पाठकको । अब, हामीकहाँ भित्रिएका कृतिहरूमा त्यो समथ्र्य छ/छैन भन्ने चाहिँ अलिकति भिन्न कुरा हो । खासमा त्यो कुरा सक्षम अनुवादमा भर पर्छ । रुसी भाषाबाट नेपाली भाषामा आएका कृष्णप्रकाश श्रेष्ठका अनुवाद र अनुदित कृतिहरू अनुवाद साहित्यका उत्कृष्ठ नमुना लाग्दछन् मलाई ।
मैले भर्खरै तपाईँलाई भनिसकेँ नि, अनुवादकको क्षमता र दक्षतामा भर पर्ने कुरा हो त्यो ।
अरूका विषयमा म भन्न सक्तिन । मेरो आफ्नै विषयमा चाहिँ, अरूहरूको प्रतिकृया भन्दा पनि पछि आफैँले दोहोर्याएर हेर्दा मेक्सिम गोर्कीको जीवनीलाई मैले परिमार्जनको आवश्यकता देखेँ र त्यसलाई छैटौँ संस्करणमा आएर मिहिन किसिमले परिमार्जन गरेको छु ।
यसमा म थोरै मात्र के भन्न चाहन्छु भने त्यही कमीकमजोरीलाई हटाउन मैले नेपाल अनुवाद प्रज्ञा प्रतिष्ठानको कुरा उठान गरेको हुँ । हामी सबै मिलेर यो आवाजलाई बुलन्द गरौँ, भविष्यमा कुनै एक दिन यसले आकार लिन सक्छ ।
तपार्इंका यी सबै जिज्ञासाको उत्तर फेरि पनि उही एउटै हुन आउँछ । त्यो भनेको नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठान जस्तै नेपाल अनुवाद प्रज्ञा प्रतिष्ठानको गठन नै हो ।
राम्रा कृति र रचना सिर्जना हुनु पनि आवश्यक छ, तर अहिलेसम्म सिर्जना भएका कृतिमध्ये पनि कतिपय कृतिहरू उत्कृष्ठ छन् । तिनको राम्रो अनुवादको खाँचो छ ।
छैनन् । जो अनुवाद कर्ममा लागिरहेका छन् तिनले अरू कामबाट समय बचाएर अनुवादतिर हेरिरहेका छन्।
छ । गुलाफको फूललाई सबैले राम्रो भनेजस्तै हो यो कुरा । राम्रा अनुवादकलाई राम्रा भन्दा अनुवादकले सगर्व सम्मान बोध गर्छन् । मैले अगाडि पनि नाम लिइसकेँ कृष्णप्रकाश श्रेष्ठको । लीलाप्रसाद शर्मा अर्का एकजना सम्मानित अनुवादकको नाम हो । करुणा नेपाल, कृष्णप्रकाश श्रेष्ठ, खगेन्द्र संग्रौलाको ख्याति अनुवादकका रूपमासमेत उच्च छ । यसमा उनीहरूलाई समाजले अनुवादक भनी सम्बोधन गर्दा उहाँहरूको इज्जत बढेकै देख्छु म । नेपाली साहित्यलाई अङ्ग्रेजी भाषामा र अंग्रेजी भाषामा लेखिएका अनेक विधाका पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी देश विदेशमा तिनको ख्याति फैलाउने काममा अनिसा रिमाल, अनुकृतिका, अनुराधा शर्मा, अभय श्रेष्ठ, अभि सुवेदी, अमृतरत्न तुलाधर, अर्जुन प्रधान, आनन्दप्रसाद श्रेष्ट, आनन्ददेव भट्ट, इडा उपाध्याय, इन्द्रविलास अधिकारी, ईश्वरीप्रसाद पाण्डे, उज्ज्वल प्रसार्इँ, उदय अधिकारी, ऋचा शर्मा, ऋद्धिबहादुर मल्ल, ऋषिकेश उपाध्याय, ओकियुमा ग्वाइन, आमचरण आमात्य, कमलमणि दीक्षित, कमला सांकृत्यायन, कल्पना घिमिरे, कृष्णचन्द्र उपाध्याय, किशोर पहाडी, केशरलाल श्रेष्ठ, खगेन्द्र संग्रौला, ग्रेटा राणा, गोविन्दराज भट्टराई, चण्डिका दवाडी, टिकाराम रेग्मी, टिकाराम शर्मा, तारानाथ शर्मा, तेजरत्न कंसाकार, दिनेश पौडेल, दीपक अधिकारी, दिवाकर देवकोटा, देवराज पौडेल, नगेन्द्र शर्मा, नमिता सिंह, नरदेवी राई, नवराज चौलागाईँ, निनु चापागाईँ, निरञ्जन बज्राचार्य, पद्मप्रसाद देवकोटा, प्रकाशमणि दाहाल, पिटर जे कार्थक, प्रतिक ढकाल, प्रवीण मोक्तान, पुष्कर समशेर, पारसमणि प्रधान, फिलिप पियर्स, बलराम अधिकारी, बलेन्द्रबहादुर कटवाल, भरतकुमार प्रधान, भूपप्रसाद धमला, मञ्जुश्री थापा, मनु मञ्जील, महेश पौडेल, माइकल हट, मुकुल दाहाल, युयुत्सु आरडी, रमा लोहनी, रमेश विकल, राजनारायण यादव, राजेश्वर थापा, रामदयाल राकेश, रामबहादुर पहाडी, लक्ष्मीप्रसाद श्रेष्ठ, लीलाप्रसाद शर्मा, विजयकुमार रौनियार, विनोद श्रेष्ठ, विश्वम्भर चञ्चल, विश्वराज सुवेदी, शरच्चन्द्र वस्ती, सूर्यनाथ मरहट्ठा, सुरेश हाचेकाली, हरि शर्मा, हरिहर खनाल, होमर श्रेष्ठ, होमलाल पाण्डे आदि झट्ट अहिले मेरो स्मृतिमा आएका केही नाम हुन् । यस बाहेक अनुवादकर्ममा नै लागेका अरू कैयन् लेखकहरूको नाम यहाँ उल्लेख हुन बाँकी छ । लेखक–कलाकारहरूको पहिचान झल्काउने लेखक कलाकार कोश भनेजस्तै अनुवादकहरूको परिचय झल्काउने अनुवादक कोशको समेत निर्माण भैसकेको अहिलेको अवस्थामा समाजले अनुवादकलाई हेर्ने दृष्टि र गर्ने ब्यवहार र दिने सम्मानमा क्रमशः परिवर्तन आइरहेको मैले महसुस गरेको छु ।
यस विषयमा अहिले कुरा नगर्दा बेस ठान्छु म । काम गर्ने भनेको आफ्नो मानवीय कर्तव्य निर्वाह गर्ने कुरा पनि हो । मूल्याङ्कन त समयले एक दिन गरिहाल्छ । तसर्थ, ती कुरालाई मनमस्तिष्कमा नराखीकन सिर्जनकर्ममा लाग्नु राम्रो हो ।
कुनै कृतिको अनुवादका लागि अनुवादकले ४० प्रतिषत र लेखकले ६० पुरस्कार पाउँदा लेखक र अनुवादक दुवै सम्मानित भएको महसुस गर्ने येथेष्ठ ठाउँ रहन्छ ।
त्यसले लेखक र अनुवादक दुवैको प्रतिष्ठा बढाउँछ भनने मलाई लाग्छ ।
हामी भर्खर्र भर्खर गणतन्त्रमा प्रवेश गरेका छौँ । धेरै लामो समयसम्म राणा शासन, त्यसपछि राजाको शासन अन्तर्गतको प्रजातन्त्र अनि पञ्चायती एकदलीय शासन र पुनः बहुदलीय सासन पद्धति र पुन राजाको प्रत्यक्ष शासन भएर लामो समय गुजार्यौँ हामीले । देशमा राजनीतिक स्थायित्व थिएन । बल्ल स्थायित्वतिर लागेका छौँ । भनाइमा गणतन्त्र भए पनि संस्कारगत रूपमा हामीमाथि उठ्न सकेका छैनौँ । नातावाद, कृपावाद, अन्याय, अत्याचार, भ्रष्टाचार, बेथिति, दण्डहीनता, कुसंंस्कार आदिको जालोले हाम्रो समग्र व्यवस्था र समाजलाई ढाकेको छ । यस्तो दुरावस्थाबाट राज्य आफैँ मुक्त नभएसम्म राम्रा कुरातिर उसको दृष्टि पुग्नुपर्ने हो भन्ने अपेक्षा गर्नु निरर्थक देख्छु म ।
एकदम सही कुरा हो यो । अनुवाद सहज काम हुँदैहोइन । असहज काममा हात हालेर कसैले पनि अर्को भाषा, संस्कृतिप्रति खेलबाड गर्नु हँदैन । जसको सहज पहुँच छ, उसले मात्र त्यसमा हात हाल्नुपर्छ ।
केही हदमा त्यो हुनसक्छ, स्रोत भाषामा पहुँच नभएका अध्येताहरूका लागि, तर स्रोत भाषामा पहुँच हुने अध्येताहरू चाहिँ स्रोतमा नै जान चाहन्छन् । त्यसमा जुन तहको पूर्णता पाठकले प्राप्त गर्नसक्छ त्यो अनुवादमा पाउन मुस्किल हुन्छ, किनभने हामी अनुवादमा पनि प्रारम्भिक चरणमा नै छौँ ।
यसमा तपाईले उठाएको आसङ्का मलाई पनि ठिकै लाग्छ । करिव दुई वर्षअगाडि भारतीय कवि तथा लेखक कात्यायनी र सत्यमसित मेरो भेट भएको थियो । त्यतिबेला मैले उनीहरूसित भारतमा नेपाली साहित्य कत्तिको पढिन्छ ? भनेर सोधेको थिएँ । उनीहरूले मलाई भारतमा नेपाली साहित्यका खासै पाठक छैनन् भन्ने उत्तर दिएका थिए ।
नेपाली साहित्य र समग्रमा हाम्रो वाङ्मयको उत्थानमा हामीले नै पहलकदमी लिनुपर्छ । अरूले गरिदेलान् भनेर बस्नु हुन्न । खासमा यस विषयमा विविध प्रज्ञा प्रतिष्ठानहरूको मूख्य भूमिका हुन्छ, किनभने संस्थागत रूपमा देश–देशबिचमा संबन्ध स्थापित गर्न यस्ता संस्थाहरूलाई सहज हुन्छ । तर संस्था हाक्ने मानिसहरूमा त्यस्तो भिजन हुनुपर्यो ।
समष्टिमा सबै कुरा मिलेपछि मात्र सम्भव हुने कुरो हो यो ।
समय समयमा तत्तत् विषयमा सेमिनार गोष्ठिहरू हुनुपर्यो, सुला रूपमा विमर्श हुनुपर्यो र सम्पादन हुनुपर्यो । अनुवादलाई परिष्कृत गर्ने मलाई लागेका कुरा यिनै हुन् ।
त्यो त ठिकै हो । यस विषयमा अलिकति चर्चा गरिसकयौँ हामीले । मलाई लाग्छ मुख्य कुरा त हाम्रा प्रज्ञा प्रतिष्ठानहरूले विभिन्न देशमा रहेका दूतावास र सरकारी नियोगहरूका माध्यमले यसको प्रवर्धनमा सहयोग पुग्न सक्छ । दोस्रो, विभिन्न देशमा रहेका अन्तर्राष्ट्रिय साहित्य संगठनहरूका माध्यमबाट समेत यसको प्रवर्धन गर्न सकिन्छ । विदेशमा बस्ने हाम्रा इष्टमित्र र साथीभाइसित हामीले उपहार दिनु÷लिनु छ भने हाम्रा कृतिहरू दिउँ÷लिउँ, यस्ता कुराहरूलाई प्राथमिकता दिउँ । यसले पनि केही मात्रामा सहयोग मिल्न सक्छ ।
हामीले सामान्य हिसाबमा सोचेभनदा रामो छ नयाँ पुस्ताको प्रयास । हाम्रो भविश्य आशा लाग्दो र उज्ज्वल छ ।
केही प्रकाशकहरूले निकै राम्रो गुणस्तरीय काम गरेका छन्, तर केही प्रकाशकहरू भने त्यो उचाइमा पुग्न सकेका छैनन् । त्यसो हुनको लागि त कर्ताको सोचाइमा परिवर्तन आउनु जरुरी पर्छ ।
अघिल्ला अवधिहरूमा त्यहाँबाट मैले केही काम गरेको भए पनि पछिल्लो संरचना निर्माण भएपछि मलाई कसैले बोलाएको छैन, नबोलाइकन जाने कुरा भएन । तसर्थ, हालको गतिविधिसित म परिचित छैन । पहिलेका केही काम राम्रै भएका थिए भन्ने लाग्छ मलाई ।
तपाईको पहिलो मान्यतासित म सहमत छु । पछिललो कुराको सम्बन्धमा, केही प्रकाशकहरूले बजारलाई मात्र हेरेर हल्ला फिँजाएको भरमा दाम बटुल्ने प्रयत्न पनि गरेको देखिन्छ । तर त्यो पद्धति ठिक होइन । गुणस्तरीय प्रकाशनतिर लाग्नु नै राम्रो उपाय हो ।
मसिन अनुवादका विषयमा म यस अघिनै बोलिसकेको छु । अनुवादकार्य जिममेवारीपूर्ण हुनुपर्छ भन्ने मेरो मान्यता छ ।
दुइटै कुरा हो भन्ने ठान्छु म । अरूले पढ्नका लागि अरूको ध्यान तान्न सक्ने खाललका कृति हामीसित हुनुपर्यो । केही राम्रा कृति होलान्, तर तिनको सुव्यवस्थित रूपमा अनुवाद हुन सकेको छैन । व्यक्तिगत रूपमा कसैले सामान्य चाख लिएर गरिएको अनुवादले मात्र पर्याप्त हुँदैन ।
व्यवस्थित अनुवादको अभावमा यस्ता गुनासाहरू आउनु स्वभाविकै हो । तसर्थ व्यवस्थित अनुवादको आँचो छ । त्यो पूरा गर्नका लागि मैले माथि औँल्याएजस्तो अनुवाद प्रज्ञा प्रतिष्ठानको खाँचो छ ।
ती दुवै कुरा भन्दा पनि त्यसको अनुवादकको भाषिक क्षमताका कारणले भएको हुनसक्छ । ग्रेटा राणाले उनको मातृभाषामा अनुवाद गर्दा शब्दचयनदेखि उनको भााषिक फ्लोमा जुन सहजता त त्यही स्तरमा पछि प्राप्त गरेको दोस्रो भाषामा अरू नेपालीहरूलाई नहुन सक्छ ।
त्यसरी त हेरेको छैन ।
यस विषयमा पनि मैले अगिल्ला प्रश्नमा नै बोलिसकेको छु । मसिनमा संवेदना हुँदैन । त्यसले गर्ने अनुवाद पनि कृत्रिम हुन्छ ।
नयाँ कुरो जान्ने चाहना मानिसमा अधिक मात्रामा हुन्छ ।
स्वेच्छाले केही मानिसले गरे पनि सबैका लागि सहज कुरा होइन । केही वर्ष अघि ऋग्वेदलाई एकैजना व्यक्तिले आफ्नै पहल र खर्चमा अन्य भाषामा अनुवाद गराएको कुरा संझन्छु । तर त्यस्तो कुरा गर्नका लागि आम लेखकका लागि सम्भव हुँदैन ।
मलाई त त्यस्तो लाग्दैन । आख्यान बाहेक नेपाली लेखकका सुन्दर निबन्धहरू र कविताकृति अनि नाटकहरू पनि अन्य भाषामा जान थालेका देखिन्छन् ।
यस विषयमा पनि मेरा धारणाहरू अघि नै राखिसकेको छु मैले । त्यस कार्यलाई राज्यस्तरबाट हेर्नुपर्छ ।
अब हामीले यस विषयमा यति बहस चलाएपछि बिस्तारै यस कामले पनि आकार लिँदै जाने कुरामा म आशावादी छु ।
मैले केही बेरअगाडि मात्र यस विषयमा अलिकति सङ्केत गरिसकेको छु । यहाँले औल्याएका भाषाहरूका साथै अरू पनि हाम्रा क्षेत्रीय भाषा र स्थानीय भाषिकाहरूका कथ्य र लेख्य साहित्यको पनि अनुवादको उचित व्यवस्था हुनुपर्ने पक्षमा छु म ।
त्रिभुवन विश्वविद्यालयले अहिले यस्तो जनशक्ति आवश्यक मात्रामा तयार गर्दै लगिरहेको देख्छु म । अहिलेका लागि यो स्वागतयोग्य र भविश्यका लागिसमेत निकै आशालाग्दो कुरा हो भन्ने मलाई लागेको छ ।
यसमा य यहाँसित सहमत छु ।
यसमा मेरो कुनै फरक मत छैन । म पनि त्यही विचारको मान्छे हुँ । मैले यी कुरालाई आफ्नो अनुवादकार्यमा पालना गरेको छु मन्ने मलाई लाग्छ । त्यसमा पनि मैले The Outsoder को अनुवादमा निकै राम्ररी काम गर्न सकेकोजस्तो लाग्छ । हतार नगरीकन आफ्नो सम्पादन सम्भव भए अर्को आफूभन्दा राम्रो जान्ने विषेशज्ञलाई देखाउने, त्यो हुन नसके आफैँले पूर्ण परिष्कार नआएसम्म दोहोर्याइरहने गर्नुपर्छ भन्ने म ठान्दछु ।
पूरै सही हो । म यसमा अर्को मत राख्नुपर्ने आवश्यकता देख्तिन ।
अब हामीले त्यो बाटो अवलम्बन गर्ने होइन । केही वर्ष अगाडि भारतीय राजदूतावासको सहयोगमा केही नेपाली कविहृका कविता सङ्कलन र अनुवाद गरी त्यसरी नै छपाएर विक्री–वितरण भएको थियो । अब हामीले त्यसो गर्न हुन्न । मैले पहिले नै बताएजस्तो आफ्नै संरचना तयार गरी समग्रमा औचित्य स्थापित गर्ने हो । यस्तो बेला आइसकेको छ ।
हिट्लर र यहुदी हेर्न पाएको छु ।
अबको धारणा यसभन्दा फरक हुनुपर्छ । त्यसले सम्भावनाका नयाँ क्षितिजहरू आफैँ उघार्दै जान्छ ।
यसमा अरू पनि कारण हुन सकछन् । तसर्थ, यसलाई यत्तिमै सीमित नगरौँ ।
केही सक्षम अनुवादकहरू छन्, त्यो राम्रो कुरा हो । त्यसमा थप सुन्दरता जोड्नका लागि हाम्रा सुझावहरू कार्यान्वयन हुनुपर्छ ।
फराकिलो र उज्यालो देखिरहेको छु ।
दुुवैथरि अनुवादमा गुण-दोष बराबरजस्तै देख्छु म ।
मैले पहिल्यै नै भनिसकेँ नि, तर विस्तारै हामी पनि भविश्यमा त्यताको बाटो हिड्छौँ ।
मलाई विश्वाससाथ अनुवादका विषयमा यति महत्वपूर्ण विचार राख्ने मवसर दिएकामा तपाईँलाई पनि धन्यवाद । तपाईँको सञ्चारमाध्यम साहित्यसागरलाई पनि धन्यवाद ।